Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 67:12:11
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Indra Ban’s Australian Story (Part 11): Looking back at 50 years in Australia - इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ११): आधा शताब्दीको अस्ट्रेलिया बसाइँ

    10/08/2025 Duración: 01h35min

    Indra Ban came to Australia back in 1975 and went on to become the first Nepali to receive the Medal of the Order of Australia (OAM). Over the past 50 years, she’s played a big role in guiding and supporting the Nepali community here. This special episode brings together all 10 parts of ‘Indra Ban’s Australian Story’. Tune in to hear her inspiring journey in one go. - सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत हामीले उनको अस्ट्रेलिया यात्रा, अस्ट्रेलियामा नेपाली समुदायको सुरुवाती दिनहरू, ओएएम सम्मान पाउँदाको अनुभव र महिला नेतृत्व लगायतका विषयहरूमा उनका कुराहरू सुनेका थियौँ। यो एपिसोडमा चाहिँ शृङ्खलाका सबै भागहरू एकैसाथ प्रस्तुत गरिएको छ। यी जस्तै अन्य प्रस्तुतीहरू हाम्रो वेबसाइट https://sbs.com.au/nepali मा गएर सुन्न सकिन्छ।

  • The Nepali festival celebrated in memory of loved ones is changing with time says a cultural expert - गाई जात्रा: ‘जीवन प्रतिबिम्बित गर्ने संस्कृति’

    09/08/2025 Duración: 15min

    Known as ‘Sa Paru’ in the Newa language, the festival of ‘Gai Jatra’ is observed in memory of loved ones. Nepal correspondent Prayas Dulal spoke with Tejeshwar Babu Gwanga, a cultural expert who notes that the ways of celebrating this festival have evolved over time. This podcast was originally published in August 2024. - आज आइतवार, अगस्ट १० मा यो वर्षको गाई जात्रा परेको छ र समयसँगै यो चाड मनाउने तरिकामा परिवर्तन आएको एकजना नेपाली संस्कृतिविद्ले एसबीएस नेपालीलाई बताएका छन्। तेजेश्वरबाबु ग्वंग:सँग नेपाल भाषा अर्थात् नेवारी 'सा पारु' भनिने गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्वबारे नेपाल संवाददाता प्रयास दुलालले गत साल गरेको कुराकानी सुन्नुहोस्। यो कुराकानी पहिलो पटक सन् २०२४ को अगस्ट २१ मा प्रकाशित भएको थियो।

  • Australian weather update for Sunday, 10 August 2025 in Nepali language - आइतवार, १० अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    09/08/2025 Duración: 01min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • मुगुबाट संसारलाई ‘लुकेको नेपाल’ चिनाउन लागि परेका दोर्जी कार्मारोङ

    09/08/2025 Duración: 11min

    दोर्जी कर्मारोङ मुगुको कार्मारोङ समुदायका एक कलाकार हुन् जसले थाङ्का चित्रकला, सङ्गीत, लेखन र युट्युबमार्फत आफ्नो संस्कृति अभिव्यक्त गर्दै आएका छन्। उनका चित्रहरूमा उज्याला रङ, स्पष्ट रेखा र प्राकृतिक दृश्यहरू देख्न पाइन्छ र उनी प्राय गरेर जनजीवन, आध्यात्मिकता र हिमाली भू–दृश्यहरू आफ्ना चित्रहरूमा उतार्ने गर्छन्। नेपाल लगायत बङ्गलादेश, भारत, सिङ्गापुर र भियतनाममा आफ्नो कलाको माध्यमबाट नाम कमाएका दोर्जे कार्मारोङसँह नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • Is Australian tap water safe to drink?  - अस्ट्रेलिया बुझ्नुहोस्: धारामा आउने पानी कत्तिको पिउन लायक छ?

    09/08/2025 Duración: 07min

    Access to safe drinking water is essential, and Australia’s often harsh environment means that our drinking water supplies are especially precious. With differences in the availability and quality of drinking water across the country, how do we know if it’s safe to drink? In this episode we get water experts to answer this question and more.   - अस्ट्रेलियाको प्रायः कठोर वातावरणले गर्दा यहाँ पिउने पानीको आपूर्तिलाई विशेष महत्त्व दिइन्छ। अनि, पानीको स्रोत, वातावरणीय प्रभाव, वितरणका लागि प्रयोग गरिने पाइपलाइन र प्रशोधनका कारण पानीको उपलब्धता र गुणस्तरमा फरक पर्न सक्छ। तर, हामीले अस्ट्रेलियामा बस्दै गर्दा, धाराबाट आउने पानी पिउन लायक छ कि छैन भनेर चाहिँ कसरी थाहा पाउने त? अस्ट्रेलिया बुझ्नुहोस् शृङ्खलाको यो अङ्कमा हामी यसै विषयमा चर्चा गर्नेछौं।

  • अस्ट्रेलियाको सबैभन्दा ठूलो आदिवासी भेलाबारे नेपाली लगायतका अरू अस्ट्रेलियनका अनुभव

    08/08/2025 Duración: 07min

    अस्ट्रेलियाको सुदूर पूर्वोत्तरमा पर्ने आर्ह्नम ल्यान्डमा हरेक वर्ष आदिवासीहरूको सबैभन्दा ठुलो अस्ट्रेलियन भेला आयोजना हुन्छ। गार्मा महोत्सव भनेर चिनिने यो वार्षिक कार्यक्रम आयोजना हुन थालेको २५ वर्ष पुगेको छ। नेपाली लगायत विभिन्न संस्कृतिमा हुर्केर उक्त महोत्सवमा भाग लिन गुमाट्ज भूमि पुगेका अस्ट्रेलियनहरू उक्त महोत्सव बारे के भन्छन्?

  • शनिवार, ९ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    08/08/2025 Duración: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Why this mayor in Nepal is using bamboo to make his point - बाँसको संवर्द्धनमा लागि परेका नेपालका एक आन्दोलनरत मेयरसँगको कुराकानी

    08/08/2025 Duración: 10min

    The Mayor of Diktel Rupakot Majhuwagadhi Municipality Tirtha Raj Bhattarai, who initiated a peaceful protest on July 27 and subsequently went on a hunger strike, has reached an agreement with the Nepal government. The mayor had initiated a protest, demanding the promotion and use of bamboo and other locally produced materials. Nepal correspondent Prayas Dulal spoke to Tirtha Raj Bhattarai on Tuesday, July 29, before he was taken to the hospital after his health deteriorated. - स्थानीय कच्चापदार्थबाट बनेका सामाग्री प्रयोगका लागि कानून निर्माण लगायत माग राख्दै अनसनमा बसेका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र नेपाल सरकारबिच केही दिन अगि सैद्धान्तिक सहमति भएको छ। ओली सरकारले ४५ दिनभित्र उक्त सहमती कार्यान्वयन गर्ने प्रतिबद्धता गत आइतवार, अगस्ट ३ मा गरेको हो। त्यसभन्दा अगि आइतबार, जुलाई २७ देखि भने मेयर भट्टराई सत्याग्रहमा बसेका थिए। आफ्ना माग सम्बोधन नभएको भन्दै उनले आन्दोलनको स्वरूप बदलेका थिए तर पछि स्वास्थ्य समस्या देखिएको भन्दै उनलाई बुधवार, जुलाई ३० मा अस्पताल लगिएको थियो। उनी

  • 'A threat no one else sees': The daily, invisible burden of racism for First Nations Australians - ‘अरू कसैले नदेख्ने गाली’: अस्ट्रेलियाका आदिवासीहरूले दिनहुँजसो बोक्नुपर्ने जातीय विभेदको बोझ

    08/08/2025 Duración: 05min

    Indigenous Australians have experienced increased racism over the past decade. Young people and multicultural communities could help shift the narrative. - अस्ट्रेलियाका आदिवासीहरूले विगत एक दशकमा जातीय विभेद अझ बढेको अनुभव गरेका छन्। तर युवाहरू र बहुसांस्कृतिक समुदायले यो धारणा बदल्न सहयोग गर्न सक्छन्।

  • SBS Nepali Australian News Headlines: Friday, 8 August 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ८ अगस्ट २०२५

    08/08/2025 Duración: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • शुक्रवार, ८ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    07/08/2025 Duración: 01min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    07/08/2025 Duración: 05min

    Stay informed about the significant world events from the past week in Nepali language. - जापानको हिरोसिमामा आणविक बम विस्फोट भएको ८० वर्ष पूरा, गाजाका सहयोग सामाग्री वितरणका क्रममा ३४ भन्दा बढीको मृत्यु र अमेरिकी विशेष दूतको रुसी राष्ट्रपतिसँगको भेट निकै सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ७ अगस्ट २०२५

    07/08/2025 Duración: 05min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?

    06/08/2025 Duración: 12min

    अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।

  • बिहीवार, ७ अगस्ट २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    06/08/2025 Duración: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Australian early intervention program for deaf children piloted in Japan - कान सुन्न नसक्ने बालबालिकाहरूका लागि अस्ट्रेलियन उपचार कार्यक्रमको जापानमा परिक्षण

    06/08/2025 Duración: 07min

    An Australian early intervention program for deaf children is, for the first time, being piloted overseas. The therapy is for children whose family have chosen for them to be fitted with a hearing device such as a cochlear implant. The collaboration between not-for-profit The Shepherd Centre and health officials in Japan is a decade in the making. - अस्ट्रेलियामा कान सुन्न समस्या भएका बालकालिकाहरूका लागि सञ्चालनमा रहेको प्रारम्भिक कार्यक्रम पहिलो पटक जापानमा परीक्षणको रूपमा सुरु गरिएको छ। ‘कक्लियर इम्प्लान्ट’ जस्ता श्रवण उपकरण जडान गरिएका बालबालिकाहरूलाई लक्षित यो कार्यक्रम द सेफर्ड सेन्टर र जापानी स्वास्थ्य अधिकारीहरूको एक दशक लामो सहकार्यपछि कार्यान्वयनमा आएको हो।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ६ अगस्ट २०२५

    06/08/2025 Duración: 05min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Weekly Nepal Update: Butwal-Narayangadh road expansion deadline extended by another year - साप्ताहिक नेपाल अपडेट: बुटवल-नारायणगढ सडक विस्तारको म्याद पुन: एक वर्ष थपियो

    05/08/2025 Duración: 07min

    Listen to this week’s top stories from Nepal. - सुरुमा तीन वर्षमा सक्ने भनिएको बुटवल-नारायणगढ सडक विस्तारको म्याद चौथो पटक थपिएको, त्रिभुवन विमानस्थल भन्सार कार्यालयद्वारा कतार लैजान लागिएको ठुलो परिणामको चुरोट बरामद भएको र १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई कांस्य पदक लगायत यस हप्ताका प्रमुख नेपाली समाचार सुन्नुहोस्।

  • Iconic ballad Rajamati inspires Sydney’s Jenisha Manandhar to pen her fourth book - ‘राजमती’: ऐतिहासिक पात्रको नयाँ अवतार

    05/08/2025 Duración: 07min

    Sydney-based Nepali writer Jenisa Manandhar launched her fourth book, “Rajmati,” on Sunday, August 3. She shared her experience and inspiration with SBS Nepali on recreating the iconic Newa character. - सिड्नीकी जेनिसा मानन्धरले काठमान्डूको नेवा समुदायलाई प्रतिनिधित्व गर्ने राजमतीलाई मुख्य पात्र बनाउँदै आफ्नो चौथो किताब ‘राजमती’ गत आइतवार, अगस्ट ३ मा सार्वजनिक गरेकी छिन्। उक्त अवसरमा एसबीएस नेपालीसँग कुरा गर्दै उनले ऐतिहासिक नेवारी चलचित्र र गीतबाट चर्चित बन्न पुगेकी राजमतीको पात्रलाई आफूले नयाँ ढङ्गले प्रस्तुत गरेको बताइन्।

  • Government will ban YouTube for under 16 year olds - अस्ट्रेलियामा लागू हुने भनिएको सोसल मिडिया प्रतिबन्ध सूचीमा युट्युब पनि थपियो

    05/08/2025 Duración: 10min

    The Federal Government has announced it will include YouTube in its social media ban for children under 16 years old. The move was informed by advice from the e-Safety Commissioner but critics have called for broader reform aimed at social media platforms. - अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरी तथा बालबालिका लक्षित सोसल मिडिया प्रतिबन्धमा युट्युब पनि समावेश गरिएको सङ्घीय सरकारले घोषणा गरेको छ। डिसेम्बर १० देखि लागू हुने बताइएको उक्त प्रतिबन्ध इ-सेफ्टी कमिस्नरको सुझावबाट प्रेरित रहेको बताइँदै गर्दा केही आलोचकहरूले चाहिँ सोसल मिडिया प्लेटफर्महरू लक्षित व्यापक सुधार हुनुपर्ने बारे वकालत गरेका छन्।

página 7 de 29