Sbs Nepali -
नुन र चामलसँग भोटका खाम्पाहरूको जीवनशैलीका सम्बन्ध बारे स्विस अध्यापिकाको किताब
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:13:18
- Mas informaciones
Informações:
Sinopsis
हाल अस्ट्रियाको भियना विश्वविद्यालयमा संस्कृत भाषाको प्राध्यापनमा संलग्न अल्का आत्रेयले लेखक ह्यान्ना राउबरको कृति ‘अफ सल्ट एन्ड राइस’लाई नेपालीमा अनुवाद गरेकी छिन्। हिमाली भेगका भोटे खाम्पा समुदायको जीवनशैली, संस्कृति र हराउँदै गएको मौलिक कथाहरूमा उक्त अनुवादित “नुन र चामल” किताबको विमोचन गएको महिना काठमान्डूमा भएको थियो। मानवशास्त्री ह्यान्ना राउबरले लामो समय स्विजरल्यान्डको ज्युरिक विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गर्ने क्रममा हिमाली समुदायहरूबारे पनि अध्ययन गरेकी थिइन् र ‘अफ सल्ट एन्ड राइस’ नामक पुस्तक यसकै नतिजा रहेको बताइन्छ। नेपाल संवाददाता गिरीश सुवेदीसँग कुरा गर्दै अल्का आत्रेयले अनुवादको सन्दर्भमा आफ्नो अनुभव, राउबरप्रतिको सम्बन्ध, हिमाली कथनको संवेदनशीलता, साथै विदेश जान चाहने नयाँ पुस्ताका लागि आफ्ना सुझावहरू पनि दिएकी छिन्।